Logo

अब देखि त्रिविका प्राध्यापकले अन्यत्र क्याम्पसमा पढाउन नपाउने



Spread the love

९ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले निजी तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने गरी नयाँ नियम लागु गरेको छ ।

त्रिविका प्राध्यापकले अन्यत्र पनि पठाउने गरेको भनेर आलोचना भईरहदा सो नियम लागु भएको हो l त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो ।

उक्त सूचनामा अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने उल्लेख छ । यसरी अनुमति लिँदा एकै सिफ्टमा आंगिक र निजी क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ । त्रिविले यस्तो कामलाई न्यूनीकरण गर्न समय समयमा अनुगमन गरेता पनि प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्