Logo

खान लागेको प्लेटको मासु हिडेपछी…



Spread the love

एजेन्सी । तपाइँलाई एकदम भोक लागेको छ । रेस्टुरेन्टमा पुग्नासाथ भोक भगाउने मासु अर्डर गर्नुभयो । तपाइँको अवस्थालाई ध्यानमा राखेर वेटरले निकै छिटो तयारी मासु राखीदियो । प्लेट नै खाउँला झैं गरि भोकले चुर हुनुभएको तपाइँ जब आफ्नो अर्डर समाएर खान खोज्नुहुन्छ- एकाएक तपाइँले मगाएको मासु हिड्यो । अब तपाइँ  के  गर्नुहुन्छ ?

एक महिलाको साथ यस्तै भएको छ। फ्लोरिडा निवासी एक महिलाले भोगेको घटना भिडियो क्लिप मार्फत Rie Phillips नामक फेसबुक एकाउन्टमा सियर गरेकी छिन् । जहाँ देख्न सकिन्छ- “उनले रेस्टुरेन्टमा पुगेर मासु अर्डर गरिन । अर्डर अनुसार उनको सामू आइपुगेको मासु  प्लेटमै हिड्न  थाल्छ । उफ्रदै, घिस्रदै प्लेटबाट टेबलमा पुग्छ । त्यसपछी पनि हिडीरहन्छ । र, टेबलबाट  भुँईमा खस्छ ।” महिलाले मृत  मासुको टुक्राको यात्रा आफ्नो क्यामरामा कैद गरेकी छिन्।

उक्त भिडियोलाई ४० लाख पटक भन्दा ज्यादा मानिसले हेरिसकेको छन् । एक फेसबुक प्रयोगकर्ता उक्त घटनालाई  मासुमा धागो बाधिएको र धागोको कारण मासुले ब्रेक डान्स हानेको बताउँछन् भने अर्का फेसबुककर्ता  छाला ताछिएको मासुको टुक्रा भ्यागुतोको हुनसक्ने  अड्कलबाजी लगाईरहेका छन् । कोहि बताईरहेका छन् कि “मासु एकदम ताजा थियो । जसरि उसको हड्डी तोडियो, त्यो ठिक थिएन होला । “

भिडियोमा हेर्नुहोस्,

खानाको सोखिन फिल्पिसले आफ्नो फेसबुकमा विभिन्न भिडियोहरु सियर गर्दै आइरहेकी हुन्छिन् । यसकारण यो बताउन गाह्रो छ कि यो साच्चै भएको हो या उनले भिडियोको लागि यसो गरेकी हुन् ।

मेल अनलाइनको अनुसार फिलिप्स फ्लोरिडाकै स्थानीय एशियन रेस्टुरेन्टमा मासु खान गएकी थिइन् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्