Logo

थाहापाउनुहोस् कलेजो सफा राख्नको लागि कस्ता खानेकुरा खाने ?



Spread the love

मानव शरीरको अंगहरु मध्ये महत्त्वपूर्ण अङ्ग हो कलेजाे जसले हाम्राे शरीरमा रक्त शुध्दिकरणमा महत्त्वपूर्ण भूमिका रहेको छ । तर यसमा कुनै पनि समस्या आएमा शरिरकाे सम्पूर्ण रक्तसंचारमा असर पर्दछ । कतिपय हामीले खाने खानेकुराहरुले पनि हाम्राे कलेजाेमा असर गरिरहेकाे हुन्छ । तसर्थ कलेजो सफा राख्नको लागि कस्ता खानेकुरा खानु पर्छ तल निम्न अनुसार छन्  ।

– कलेजो सफा गर्ने खाद्यपदार्थमध्ये एक हरिया सागसब्जी पनि हो । जसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्दछ ।

– बेसारले हाम्रो शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि कम गर्छ ।

–  एभोकाडो पोषकतत्वले भरिपूर्ण भएकोले कलेजो सफा गर्न आवश्यक तत्त्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।

– गाँजरमा बेटा क्यारोटिन पाइने हुनाले यसको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

– जैतुनको तेलले हाम्रो शरीरमा भएका हानिकारक पदार्थ निकाल्दछ ।

– कलेजोलाई प्राकृतिक रूपमा सफा गर्नको लागि अंगुरको सेवन गर्नु पर्दछ किन भने यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट अत्यधिक मात्रामा हुने हुनाले कलेजोलाई विषाक्त मुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्