Logo

लुगा लगाउँदा मोटोपना लुकाउन अपनाउनुहोस् यी फर्मुला



Spread the love

युवतीहरूका लागि मोटोपना भनेको एउटा जटिल समस्या हो l जसले युवतीहरूको सौन्दर्यतामा कमी उत्पन्न गराउने गर्दछ l सुन्दर देखिने प्रतिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले शरीरलाई भद्दा देखाउँदछ l तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनालाई पनि लुकाउन सकिनेछ ।

  • यदि तपाईँ आफ्नो मोटोपना घटाउन चाहनुहुन्छ भने, हाइ वेस्ट लेगिङ्ग्स र जेगिङ्ग्स लगाउने बनी बसाल्नुहोस् l जसले तपाइको मोटोपना घटाउन मदत गर्दछ l
  • झुक्किएर पनि लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट नलगाउनुहोस् l यस्तो कपडा लगाउँदा तपाईँलाई झन् भद्दा देखिनेछ l
  • यदि तपाईँ आफ्नो मोटो पेट लुकाउन चाहनुहुन्छ भने ए लाइन टप्स लगाउने बानी बसाल्नुहोस् l जसले तपाइको मोटो पेट लुकाउन सहयोग गर्दछ l
  • तपाईँ मोटी हुनु हुन्छ र स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथि लगाउने र टप्स स्कर्ट भित्र लगाउने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्