Logo

जान्नुहोस् कुन – कुन खानेकुराहरुबाट के प्राप्त गर्छौ ?



Spread the love

हामीले प्रायजसो धेरै थरिका खानेकुरा त खाईरहेका हुन्छौ तर कतिपयलाई थाहा नहुन पनि सक्छ कुन खानेकुराबाट के प्राप्त गर्छौ भनेर तसर्थ थाहा पाउनुहोस् हामीले सेवन गर्ने खाने कुराहरुबाट के – के प्राप्त गर्दछौ ।

कपर – कपर हामीले च्याउ, केराउको गेडाबाट प्राप्त गर्न सक्छौ  ।

क्याल्सिसम – अन्डा, दूध , दालमा पाइन्छ ।

आइरन – यो हामीले बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौँ ।

भिटामिन ‘ए’ – भिटामिन ‘ए’ माछाको तेल, माछा , नौनी, अण्डाको पहेँलो भाग , घिउ आदिमा पाईन्छ ।

क्यारोटिन – गाजर, हरियो सागपात , आँप, फर्सी, पालुङोमा पाईन्छ ।

भिटामिन बी – अंकुर निस्केका गेडागुडी, हरियो सब्जी र बदामबाट प्राप्त गर्न सकिन्छ।

भिटामिन सी – स्टबेरी, निम्बु, सलगम, टमाटर, सुन्तला, कागती, अमला आदि ताजा फलफूलमा पाउन सकिन्छ।

भिटामिन ई – टमाटर सुकेका फल, दाल, अनाज, पालकको सागमा भिटामिन ई लिन सकिन्छ ।

भिटामिन बी २ – दूध, कलेजो, माछा, मासु फुल आदिबाट प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्