Logo

कटुस खानुहोस्, क्यान्सर तथा मुटुजन्य रोगबाट बच्नुहोस् !



Spread the love

काठमाडौं । कटुस खान योग्य फल लाग्ने रूख वर्गमा पर्ने वनस्पति हो । कटुस फुलेको समय वातावरण रमणीय त देखिन्छ नै सुगन्धित पनि हुने गर्दछ ।  अंग्रेजीमा हेजलनट, कोबनत, फिल्बर्ट नटको वैज्ञानिक नाम भने कोर्यलुस एभेलाना हो ।

कात्तिक महिना देखि खान योग्य हुने कटुस फागुन चैतसम्म रहने गर्छ। जंगल चिसो हुने भएकाले लामो समयसम्म कटुस रहने गर्छ ।

hazelnuts big treeको लागि तस्बिर परिणाम

मानव श्रृष्टीको शुरुवातमा कटुसको महत्व आजको भन्दा बढी भएको प्रमाणहरु भेटिन्छ। मानव विकास र प्रवाधिको सहजताका कारण हिजोआज खाद्यान्नहरु उपलब्धता बढेको छ । यससँगै कुनै समय प्राचिन मानवको प्रमुख आहार रहेको कटुस आजभोली जङ्गलमै कुहिन थालेका छन् ।

विश्वभर विभिन्न जातको कटुस पाइन्छ । नेपालमा पाइने मध्ये मुसुरे कटुस, पातले कटुस, ढाल्ने कटुस आदि मुख्य हुन् । हिन्दु धर्मअनुसार भाइटीकाका दिन दूबो र कटुसको प्रयोग अनिवार्य मानिन्छ । दियो, कलश तथा गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दूबोको माला र कटुस प्रयोग गरिन्छ ।

कटुस पोषणयुक्त जङ्गली फल हो ।  यसमा क्यालोरीको मात्रा निकै बढी हुने गर्दछ । प्रोटिन, कार्ब्स फाइबर, भिटामिन ई, भिटामिन बी-६, ओमेगा-६, ओमेगा-९, फ्याट्टी एसिड. थियामीन, म्याग्नेसियम, कपर, फोलेट, फस्फोरस, पोटाशियम लगायतका पोषक तत्वहरुले भरपुर कटुसले विश्वको अन्य देशमा लोकप्रिय मानिन्छ । सन् २०१७ मा मात्रै टर्कीमा ६ लाख ७५ हजार टन कटुस खपत भएको थियो ।

सम्बन्धित छवि

कटुसमा केकस्ता पोषक तत्वहरु रहन्छन् ?

हेजलनट्स (Hazelnuts) मात्रा प्रति 100 ग्राम
क्यालोरी  (kcal) 628
कुल वसा 61 g
कोलेस्ट्रोल 0 mg
सोडियम 0 mg
पोटासियम 680 mg
कार्बोहाइड्रेट 17 g
सुगर 4.3 g
प्रोटीन 15 g

 

कटुस खानुको फाइदाहरु:

१. कटुस हृदयजन्य रोगबाट बचाउनुको साथै मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । कटुसमा एन्टीअक्सिडेन्टस् एवम् एन्टीअक्सिडेन्ट हुन्छ, जसले कोलेस्ट्रोलको स्तर कन्ट्रोल गरि मुटुलाई तन्दुरुस्त राख्दछ ।

२. ब्लडप्रेसर दुनियाँकै साझा रोग हो । आजको बद्लिदो जीवनशैलीका कारण मानिसको ब्लडप्रेसर बढीरहेको छ । आफ्नो आहारमा कटुसलाई पनि समावेश गराउँदा  उच्च रक्तचाप नियन्त्रण हुन्छ । यसमा पाइने म्यागेनीसियम, पोटासियम र फाइबरको मात्रा बढी हुने गर्दछ ।

hazelnutsको लागि तस्बिर परिणाम

३. कटुसमा पाइने भिटामिन एवम् खनिज पदार्थले क्यान्सरजन्य समस्यामा तपाइँलाई मुक्ति दिलाउन सक्छ ! यसमा भिटामिन ई, म्यांगनिज आदि पाइन्छ ।

४. शरीरमा रगतको कमि या एनिमियाको समस्या छ भने कटुस लाभदायक हुन् सक्छ । कटुसमा आइरन, प्रोटिन एवम् पोटासियम पाइन्छ, जसले शारिरको रगतको मात्रा कम हुन् दिँदैन् ।

५. डायबेटिज अर्थात् मधुमेहको समस्या निदानको लागि कटुस फाइदाजनक छ । यसले सुगरको मात्रालाई नियन्त्रण गर्दछ !

नोट- आफ्नो आहारको बदलाव ल्याउँदै हुनुहुन्छ भने डाक्टरको परामर्श अनिवार्य लिनुहोला ।

कटुसको लागि तस्बिर परिणाम

कटुसको बेफाइदाहरु:

कटुस स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यद्दपी तपाइँहरुले यो जान्न जरुरि छ कि, आफ्नो आहारमा कति मात्रामा पोषक तत्व तथा खनिजको मात्रा आवश्यक रहन्छ । यसको जानकारी बीना कटुसको प्रयोग गरेको अवस्थामा तपाइको स्वास्थ्यमा असर पनि पुग्न सक्छ । अन्याथा कटुसको प्रयोग गर्दा कुनै हानी हुने छैन ।

– एजेन्सीहरुको सहयोगमा 

 

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्