Logo

त्रिविका पदाधिकारी तथा कर्मचारीले भदौभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने



Spread the love

१२ साउन, काठमाडौँ l त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले यही भदौ महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ ।

आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र सम्पत्ति विवरण भर्नुपर्ने भएकोले राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण बुझाउन त्रिविले मातहतका सबै निकायलाई अनुरोध गरेको हो ।

भदौ २२ गतेभित्र सम्पत्ति विवरण भरिसक्न र यसको जानकारी त्रिवि कर्मचारी प्रशासन महाशाखामा पठाउन केन्द्रीय कार्यलयबाहेकका क्याम्पस र विभागलाई त्रिविले सूचना निकालेर जानकारी गराएको हो ।

सम्पत्ति विवरण  www.bibaran.nvc.gov.np मा भर्न सकिन्छ। सम्पत्ति विवरणको फारम www.tu.edu.np बाट डाउनलोड गर्न त्रिविको रजिष्ट्रार कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्