Logo

स्वस्थ रहनका लागि के खाने ?



Spread the love

 

के तपाईँ आफ्नो शरीर स्वस्थ र बलियो बनाउन चाहनु हुन्छ ? यदि चाहनुहुन्छ भने खाने गर्नुहोस् l यी खानेकुरा जसको सेवन गर्नाले शरीर स्वस्थ र बलियो हुने गर्दछ l

पालुङ्गो
पालुङ्गो सागमा ‘फोलेट’ हुन्छ । जसले नयाँ कोशिका बनाउनका साथै यसमा पाइने फाइबर, आइरन, एन्टीअक्सिडेन्ट र भिटामिन सी ले शरीरलाई विभिन्न समस्याबाट पनि बचाउँदछ l

दही
दहीमा शरीरको पाचन प्रणालीलाई बलियो बनाइ राख्ने प्रोबायोटिक्स हुनका साथै शरीरलाई चाहिने पोषक तत्त्व ग्रहण गर्ने क्षमता पनि वृद्धि हुन्छ ।

बदाम
नियमित बदाम खानाले दिमागलाई तनावबाट लड्ने शक्तिको प्राप्त हुन्छ । बदाममा पाइने भिटामिन ई शरीरमा प्राकृतिक मृत कोषलाई बढाउन मदत गर्नका साथै शरीरमा हानी पुर्‍याउने ब्याक्टेरियाको नष्ट गर्नमा पनि सहयोग पुर्याउदछ l

च्याउ
च्याउमा सेलेनियम, भिटामिन बी, राइबोफ्लोविन र नाइसिन नामक तत्त्व पाउनका साथै एन्टीभाइरल, एन्टीब्याक्टेरियल तथा एन्टीट्यूमर तत्त्व पनि पाइन्छ ।

मरिच
मरिचको सेवन गर्नाले चिसोबाट जोगाउन मदत गर्दछ । मरिचमा पनि एन्टीभाइरल, एन्टीब्याक्टेरियल तत्त्व पाउनुका साथै ज्वरो कम गर्ने क्षमता पनि पाइन्छ ।

लसुन
लसुनमा धेरै मात्रामा एन्टीएक्सिडेन्ट पाइन्छन् । जसले शरीरमा सङ्क्रमणबाट बचाउनमा विशेष भूमिका खेल्छ । नियमित रूपमा तरकारीमा हालेर वा खाली पेटमा काँचै खाँदा झनै फाइदा हुन्छ ।

अमिलो फल
स्वास्थ्यका लागि सधैँ एउटा अमिलो फल खानु राम्रो हुन्छ । सुन्तला, अमला, कागती आदि अमिलो खालका फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ l भिटामिन सी विभिन्न सङ्क्रमणबाट बचाउन लड्ने सेतो रक्तकोषिकाको निर्माणमा सहयोग गर्छ । यसको सेवनले बन्ने एन्टीबडिज कोशिकाको सतहमा एउटा आवरण निर्माण गर्छ । जसको सेवन गर्नाले शरीर भित्र भाइरस आउन दिँदैन ।

प्रतिक्रिया दिनुहोस्