Logo

बिदाको दिन पनि मतदाता नामावली संकलन



Spread the love

राजविराज, साउन ३ गते । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ । सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिनुभयो ।

यो कार्य साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनैपनि विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि अर्थात् शुक्रबारबाहेक अरु दिन पनि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताउनुभयो ।

यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्