Logo

शालिग्राम उत्पन्न भएको १ दशक पूरा, विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि मनाइँदै



Spread the love

१३ साउन, काठमाडाैँ – काठमाडौँको इटाखेलमा विशाल शालिग्राम उत्पन्न भएको १ दशक पूरा भएको छ । २०६६ साल श्रावण १३ गते मन्दिर निर्माणका लागि उत्खनन् गर्ने क्रममा सो स्थानमा बिस्फोट हुँदा शालिग्रामको उत्पत्ति भएको थियो । सोही अवसरमा आज सो स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

मुक्तिनाथ बाबा(स्वामी कमलनयनाचार्य)को संरक्षणमा रहेको सो स्थानमा शालिग्राम उत्पत्तिको दशौँ वर्षको अवसरमा विष्णु भगवानको साक्षात प्रतिकको रूप शालिग्रामको विशेष पूजा तथा अर्चनाको कार्यक्रम आयोजना गरिएको हो । आज  १३ गते भगवानको दिव्य अभिषेक, अलंकरण, १०८ भगवानको नामद्वारा पूजा अर्चना गर्ने जस्ता विविध कार्यक्रमहरू रहेका छन् ।

२०६६ सालमा उत्खनन्का क्रममा ढुङ्गा बिस्फोट हुँदा आश्चर्यजनक रूपमा सो स्थानमा शालिग्रामको उत्पत्ति भएको थियो । विश्वमै शालिग्राम नेपालको कालीगण्डकी नदीको तीरमा मात्र पाइने भएकाले सो स्थानमा ठूलो स्वरूपको शालिग्राम प्राप्त हुनुलाई आश्चर्यको रूपमा लिइएको एक भक्तले बताएका छन् ।

कतिपय हिन्दू धर्मावलम्बिले भने साक्षात् भगवानको अवतार भएको भनेर समेत सो स्थानलाई आस्थाको केन्द्रको रूपमा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्