Logo

यस्ता छन् गर्भ रहेको र नरहेको पत्ता लगाउने लक्षणहरु



Spread the love

हुन त अहिलेको २१ औ शताब्दीमा गर्भ रहेको र नरहेको थाहा पाउन कुनै गरो विषय होइन । आज भोलि विभिन्न प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भवती भए नभएको कुरा पत्ता लगाउन सजिलै सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्न सम्भव नहुन पनि सक्छ । तसर्थ जान्नुहोस् सजिलै तरिकाबाट आफू गर्भवती भएको र नभएको ।

१. सबै भन्दा पहिला अन्तिम पटक महिनावारी भएको मिति याद राख्नुहोस् तर तपाईँको महिनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईँ गर्भवती हुनु भएको छ ।

२. यदि तपाइ गर्भवती हुनु भएको छ भने तपाइको स्तनको आकारमा परिवर्तन आउन सक्छ । जस्तै : स्तनको मुन्टो केही रसिलो भएको र स्तनको आकारमा वृद्धि हुनु ।

३. तपाईँलाई वाकवाकी तथा वान्ता हुने , केही खानेकुराहरु नखाँदा पनि गनाएको जस्तो हुने भयो भने पनि तपाईँ गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ ।

४. रिङ्गगटा लागे जस्तो हुने , घरी घरी पिसाब लाग्ने , दिक्क लाग्ने, मुड परिवर्तन भइरहने हुन्छ भनेपनि तपाईँ गर्भवती भएको अनुमान लगाउन सकिन्छ ।

त्यसैले यदि तपाईँलाई यस्ता लक्षणहरु देखिएका छन् भने तुरुन्त अस्पतालमा गएर गर्भको परीक्षण गराइहाल्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्