Logo

के तपाईँ कुर्कुच्चा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपायहरू



Spread the love

अधिकांश मानिसहरूको कुर्कुच्चा फुट्ने समस्या हुन्छ । चाहे गर्मी होस् या जाडो फुटी रहेको नै हुन्छ यसका लागि जतिनै विभिन्न उपाएहरु अपनाए पनि जस्ताको जस्तै हुन्छ । तर कतिपयलाई थाहा नहुन पनि सक्छ घरेलु उपायहरुबाट पनि फुटेको खुट्टाको कुर्कुच्चालाई पूर्णरुपमा निको पार्ने सकिन्छ भनेर । त्यसैले यस्ता छन् घरेलु उपायहरुबाट निको पर्ने उपायहरू :

– यदि तपाइको यस्तो समस्या छ भने पाकेको केरामा जैतुनको तेल मिसाएर फुटेका कुर्कुच्चामा लगाउने र त्यसलाई १० देखि १५ मिनेटसम्म राखेर धुने दैनिक रूपमा यसो गर्नाले सजिलै फुटेको कुर्कुच्चाबाट मुक्त पाउन सकिन्छ ।

– सुत्नुअघि हप्तामा एक पटक मनतातो पानीमा कागतीको रस मिसाउने र पन्ध्र मिनेटसम्म त्यसमा खुट्टा डुबाउनाले पनि निको हुन्छ ।

– यदि कुर्कुच्चा धेरै फुटेर दुखेको छ भने मनतातो पानीमा दुई चम्चा नुन हालेर १५ देखि २० मिनेट खुट्टा सेक्नुहोस् र ग्लिसरिन र गुलाब जल मिसाएर केही बेर मालिस गर्नु पर्दछ ।

– सरसोँको तेलमा पर्याप्तमात्रमा भिटामिन इ, एमिनो एसिड र फ्याटी एसिड तत्वहरु पाइन्छ, जसको प्रयोगले हाम्रो शरीरको फुटेको भागहरुलाई निको पार्नुका साथै नरम बनाउन मद्दत गर्छ। त्यसैले एउटा मैनबत्तिलाई पिसेर पाउडर बनाउने र सफा कचौरामा १ चम्चा सरसोँको तेलमा १ चम्चा मैनबत्तीको पाउडर राखेर पेस्ट बनाएर रति सुत्ने बेला तातो पानीले राम्ररी खुट्टा धोएर फुटेको भागमा त्यो पेस्ट लगातार ३ र ४ हप्ता सम्म लगाऊनाले तपाइको जस्तोसुकै फुटेको खुट्टाको कुर्कुच्चा पूर्ण रूपमा निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्