Logo

कालो तिलको सेवनले स्वास्थ्यमा हुने अद्भुत फाइदाहरू यस्ता छन्



Spread the love

कालो तिललाई हामीले पुजाआजनमा पनि प्रयोग गर्दछौ जसको धार्मिक महत्त्व ठुलो छ तर यसको प्रयोग पुजामा मात्र नभई हाम्रो भान्छामा पनि त्यतिनै महत्त्वपूर्ण छ । कालो तिल मानव स्वास्थ्यको लागि निकै लाभदायक छ । तसर्थ यी हुन् कालो तिलको सेवनले हाम्रो स्वास्थ्यमा पुर्‍याउने फाइदाहरू :

– कालो तिलको तेल प्रयोग गरिएको खाना मोटोपन भएको मान्छेको लागि एकदम फाइदाजनक हुन्छ । यसमा हुने तत्वले कोलेस्ट्रोल कम गराउँछ ।

– यसमा सेसमिन नामक एन्टीअक्सिडेन्ट तत्त्व पाइन्छ । जसले क्यान्सरका कोशिकाहरूलाई बढ्नबाट रोक्ने गर्दछ ।

– तिललाई नियमित दूधमा सख्खर मिलाएर सेवन गरेमा सास फुल्ने समस्या निको हुनुका साथै छाला चाउरिने समस्या समेत निको हुन्छ ।

– . चिया खादा चियामा अलिकति तिल वा तिलको पात र अदुवा हालेर चिया बनाई खाने गर्नाले खोकी छिटो निको हुने गर्दछ ।

– दिनहुँ कालो तिल राम्रोसँग चपाएर खाने गर्नाले गिजा र दाँत बलियो हुनुको साथै दाँतमा किरा लाग्ने सम्भावना कम हुन्छ ।

– तिलमा नियासिन नामक भिटामिन पाइन्छ जसले सेवनले मानिसलाई तनाव, मानसिक दुर्बलतालाई हटाउने गर्दछ।

– यदि तपाइको आगोले पोलेको घाउ छ भने तिलको तेल वा भुटेको तिल पिसेर अण्डाको पहेँलो भाग फाली सेतो भागसँग मुछी लगाउनाले छिटै घाउ निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्