Logo

दुर्घटनामा महिलाको मृत्यु



Spread the love

१३ साउन, सुर्खेत – मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१४ बाँसपानी बेलौतीघारीमा दुर्घटना हुँदा गुराँस गाउँपालिका–५ की २७ वर्षीया मनिषा वङशीको मृत्यु भएको हो ।

दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु५०प ८५५७ नं को मोटरसाइकलमा सवार वङ्शीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारीले दिए । मोटरसाइकल चालक वङ्शीको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्