Logo

मन्त्रीद्वारा ७७ लाखको ट्राफिक सामग्री प्रदान



Spread the love

१३ साउन, काठमाडाैँ – प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि रु ७७ लाख ९ हजार बराबरको सामग्री प्रदेश प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मन्त्री कार्कीले १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । प्रदान गरिएको सामग्रीमा रु ४८ लाख १७ हजार बराबरको सात थान र्याडर गन, रु २४ लाख ६३ हजारको २० थान ब्रेथ लाइजर र रु ४ लाख ९ हजारको १०० थान ह्वील लक छन् ।

प्रदेशको ट्राफिक व्यवस्थापन र यातायात दुर्घटना नियन्त्रण गर्न उक्त सामग्री उपयोगी हुने विश्वास गरिएको छ ।
प्रदेश प्रहरी प्रमुख ज्ञवालीले ट्राफिक नियम उल्लङ्घन र मादक पदार्थ सेवन(मापसे) नियन्त्रणका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाललाई उक्त सामग्री हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्