Logo

यी हुन् कागतीको बोक्राको अपत्यारिलो फाइदाहरू



Spread the love

हामी सबैलाई थाहा नै छ कि हरेक फलफुलको आ– आफ्नै फाइदाहरू हुन्छ । तर के तपाईँलाई थाहा छ कागतीको बोक्राको फाइदा बारेमा सायद यो विषयमा सबैलाई जानकारी नहुन पनि सक्छ । प्राय जसो सबै जनाले कागतीको रसमात्र प्रयोग गरेर बोक्रालाई फाल्ने गर्दछौ । अब कागतीको बोक्रा फाल्नु पर्दैन किन भने हाम्रो स्वास्थ्यको लागि यसको बोक्रा एकदम लाभदायक रहेको छ । तसर्थ यस्ता छन् कागतीको बोक्राको अपत्यारिलो फाइदाहरू:

– कागतीको बोक्रामा यसमा भिटामिन ए, भिटामिन सी, पोटासियम, फाइबर लगायत कयौँ प्रकारका पोषक तत्त्व पाइने गर्दछ । जुन कागती भन्दा यसको बोक्रा प्रभावकारी र लाभदायक हुने गर्दछ ।

– यसमा अत्यधिक मात्रामा क्याल्सियम र भिटामिन सी पाइने हुनाले यसको सेवनले हड्डी मजबूत बनाउने गर्दछ ।

– यसमा रहेको मिनरल्सले पाचन प्रणालीलाई तीव्र बनाउने गर्दछ ।

– कागतीको बोक्राले रक्तचापलाई पनि नियन्त्रण गर्नुको साथै मुखबाट आउने दुर्गन्ध पनि हटाउने गर्दछ ।

– यसमा पाइने तत्वले क्यान्सरको कोशिकासँग लड्न सहयोग पुर्‍याउने हुनाले क्यान्सरबाट बचाउन मद्दत गर्दछ ।

– यसको सेवनले शरीरभित्र अल्कोहल तथा अन्य थुप्रै हानिकारक खाद्य पदार्थलाई नष्ट गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्