Logo

किन रिसाउनु हुँदैन ? यस्ता छन् कारण



Spread the love

प्रत्येक मानिसहरूको सबैभन्दा ठुलो शत्रु भनेकै रिस हो l जसले अरूलाई प्रभाव पारे पनि नपारे पनि रिसाउने मानिसलाई भने यसले पक्कै पनि नराम्रो असर पार्ने गर्दछ l आखिर रिसले कस्तो चाही असर गर्छ त ? आउनुहोस् चर्चा गरौँ रिसले गर्ने असर बारे l

  • यदि तपाइको रिसाउने आदत छ भने रिसले आँखा रातो बनाई मुटुमा पनि जलन पैदा हुने गर्छ ।
  • रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्त्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।
  • जब तपाईँ रिसाउनु हुन्छ तब तपाइको ब्लड प्रेशर पनि एक्कासि उच्च हुने गर्दछ ।
  • यदि तपाईँ रिसाउनु हुन्छ भने तपाइको मनमा विभिन्न आक्रामक भावनाहरू पनि उत्पन्न हुन्छ ।
  • रिसाउँदा निद्रा हराउँदै जान्छ, जसले तपाईँको आयु घटाउनका साथै जवानीमै बुढो देखिन थाल्नुहुन्छ ।
  • रिसको बखत सोच–विचारको शक्ति कमजोर भई तनाव पनि बढ्दै जान्छ । जसले गर्दा तपाईँलाई नोक्सानी पुर्‍याउने गर्छ l
    बारम्बार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पार्नका साथै पाचन तन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्ने जस्ता समस्याहरू देखिन थाल्छन् ।

प्रतिक्रिया दिनुहोस्