Logo

महिलाहरूले झुक्किएर पनि गर्नु हुँदैन यी काम !



Spread the love

हिन्दु धर्मावली अनुसार महिलाहरू घरका सबै काम जस्तै कि खाना पकाउने, घर सफा राख्ने र पाहुना आउँदा मिठो बोली बचन बोल्ने गर्छन् l जुन काम महिलाहरूले नै गर्नुपर्छ l तर केही काम यस्ता पनि छन् l जसलाई महिलाहरूले गर्ने हुँदैन l आउनुहोस् जानौँ महिलाहरूले गर्ने नहुने कामहरू l

.गायत्री मन्त्र
शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ । गायत्री मन्त्र जप्दा शरीरमा पैदा हुने कम्पनले महिलालाई फाइदा नपुर्याउने हुँदा यस मन्त्रलाई महिलाले झुक्किएर पनि जप्नु हुँदैन l

जनै लगाउने
महिलाहरूले बिर्सिएर पनि जनै लगाउनु हुँदैन l उक्त जनै पुरुषले मात्र लगाउन मिल्ने शास्त्रको भनाइ छ ।

बलि चडाउने
महिलाहरूले देवी देवतालाई बलि चडाउने काम पनि गर्न हुँदैन l महिलाहरू धेरै भावुक हुने भएकाले बली चढाउँदा उनीहरूलाई नराम्रो असर गर्न सक्ने भएकाले धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनु पर्दछ ।

हनुमानको स्पर्श
हनुमानलाई ब्रम्हचारी मानिने हुँदा महिलाहरूले हनुमानको मूर्तीलाई छुनु उचित मानिँदैन । त्यसैले महिलाहरूले हनुमानको पूजा टाढा नै बसेर गर्नु पर्दछ l

ॐ मन्त्र
धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन । ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दबाब पैदा हुने र यस्तो दबाब महिलालाई राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्