Logo

उच्च अदालतद्वारा ८४ प्रतिशत मुद्दा फर्छ्योट



Spread the love

१४ साउन, सुर्खेत – उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०७५÷७६ मा ८४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । अदालतमा दर्ता भएका ५७७ मध्ये ४८९ वटा मुद्दा फर्छ्योट गरेको हो ।

अदालतका रजिष्ट्रार कृष्णप्रसाद पौडेलका अनुसार आव २०७४÷७५ बाट जिम्मेवारी सरी आएका ६४ तथा गत आवमा दर्ता भएकासमेत गरी ५७७ मुद्दाको लगत कायम हुन आएको छ । अदालतले गत वर्ष ३५९ मुद्दा फछ्र्योटको लक्ष्य लिएको थियो । अदालतले लक्ष्यभन्दा १३० भन्दा बढी मुद्दा फर्छ्योट गरेको छ ।

रजिष्ट्रार पौडेलले मानव बेचबिखन, जबर्जस्ती करणी र घरेलु हिंसासम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेको बताए । चालू आवमा उच्च अदालतले चौथो रणनीतिक योजनासमेत प्रारम्भ गरेको छ । छिटो छरितो न्याय दिलाउने, न्यायपालिकाप्रति जनआस्था बढाउने लगायतका कार्ययोजना छन् ।

प्रतिक्रिया दिनुहोस्