Logo

रियल मड्रिडको अर्को हार



Spread the love

१५ साउन, काठमाडाैँ – स्पेनिस रियल मड्रिडले पुनः अर्को खेलमा हार व्यहोरेको छ । हिजो राति भएको खेलमा मड्रिड इंग्लिस क्लब टोटनह्यामसँग पराजित भएको हो ।

 स्पेनिस मड्रिडले टोटनह्यामसँग १ –० को पराजय भोग्यो । टोटनह्यामका ह्यारी केनले २२ मिनेटमा गोल गर्दै सुरूवाति अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टोलीबाट गोल हुन नसक्दा केनको गोल नै टोटनह्यामका लागि पर्याप्त भयो ।

रियल मड्रिडलाई पराजित गरेको टोटनह्याम जर्मनीमा हुने  आउदी कपको फाइनलमा प्रवेश गरेको छ ।

रियलका डिफेन्डर मार्सेलोको मिसपासलाई सदुपयोग गर्दै केनले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्