Logo

पहिरोपिडितलाई नयाँ घर



Spread the love
प्रतीकात्मक तस्बीर

१५ साउन, पर्वत – पहिरोका कारण घरबारबिहीन बनेका यहाँका २२ परिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । जलजला गाउँपालिका–४, ७ र ८ का २२ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।

गत वर्ष साउन १ गतेको बाढी र पहिरोपीडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सीजीके र आईएनफए संस्थाको सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो । जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, वडा नं ७ लस्तीमा चार र वडा नं ४ मिलनचोकमा रु ९३ लाख ९४ हजारको लागतमा पहिरोपीडितका लागि दुईकोठे घर निर्माण गरिएको हो ।

पीडितलाई घर बनाउन जग्गा उपलब्ध गराएको जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीले बताए । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र प्रजिअ कल्पना घिमिरेले घर हस्तान्तरण गरेकी हुन् । पहिरोपीडित अधिकांश दलित समुदायका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्