Logo

गर्मी मौसममा कस्तो मेकअप गर्ने ?



Spread the love

अहिलेको मौसम भनेको गर्मीको मौसम हो । जाडो होस् या गर्मी सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर यो मौसममा महिलाहरूले मेकअपमा विशेष ध्यान दिनु पर्दछ । किनकि गर्मी मौसममा चर्को घाम र शरीरबाट निस्कने पसिनाले गर्दा  मेकअपलाई बचाई राख्न कठिन हुन्छ । तसर्थ याद राख्नुहोस् गर्मी मौसम कस्तो मेकअप गर्ने ?

१. गर्मी मौसममा सिम्पल र सुहाउँदो मेकअप गर्दा राम्रो देखिन्छ ।

२. यो मौसममा गर्मीले मेकअप बिग्रिने हुनाले सबै मेकअप सामान वाटरफ्रुफ प्रयोग गर्दा राम्रो देखिन्छ ।

३. गर्मीमा ब्ल्याक आइलाइनर उपयुक्त हुन्छ ।

४.  यो समयमा आइस्याडो न्युड खालको प्रयोग गर्नुपर्छ । धेरै कलरफुल आइस्याडो  राम्रो देखिँदैन ।

५. ओठमा  रेड, मरुन,  पिंक, ओरेन्ज,  कलरको लिपस्टिक लगाउँदा राम्रो हुन्छ ।

६.गर्मी मौसममा शरीरका अंगहरुलाई घामको हानिकारक किरणहरुबाट बचाई राख्नको लागि सन स्क्रिन लोसनको प्रयोग गर्नु अत्यन्त आवश्यक छ ।

७. गर्मी मौसममा पसिनाको कारण गर्मी मौसममा कपाल छालाहरुमा टाँसिने हुनाले कपाललाई खुल्ला छोड्नु भन्दा बाँध्नु नै ठिक हुन्छ ।

८. विशेष गरि ड्रेसअनुसार मेकअप गर्नुपर्छ । लाइट कलरको ड्रेसमा मेकअप पनि लाइट गर्दा राम्रो हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्