Logo

बिरुवा हुर्काए ५० रुपैया दिने नगर प्रमुख बुढाथोकीको घोषणा, आज दुई हजार बृक्षारोपण



Spread the love

बिरुवा रोपेर हुर्काए प्रती बिरुवा ५० रुपैयाँ दिने बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले घोषणा गरेका छन् । बागचौर नगरपालिका वडान १० को खाली बनहरुमा आज गरिएको बृक्षारोपण कार्यक्रममा बोल्दै नगर प्रमुखले यस्तो घोषणा गरेका हुन् ।

बागचौर नगरपालिका वडा नम्बर १०, रेडियो राप्ती एफ.एम र ओरेक नेपाल सल्यानको संयुक्त आयोजना तथा जिल्ला बन कार्यालय सल्यानको सहयोगमा गरिएको उक्त बृक्षारोपण कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले केहि समय यता तिब्र रुपमा बढीरहेको बन बिनास गर्ने परिपाटीलाई अन्त्य गर्दै हरियाली नगरपालिका गराउन आफु नगर प्रमुखको पद बाहाली गरे देखि लागी परेको बताएका छन् । उनले जन्म, बिबाह, बसाईसराई, मृत्यु लगाएतका सम्झना योग्य कार्यहरुमा बिरुवा रोप्न समेत सबै लाई आग्रह गरे ।

बागचौर नगरपालिकाको सम्पुर्ण वडाहरुमा बृक्षारोपण गरि सुन्दर नगरपालिका बनाउने घोषणा गरेका बुढाथोकीले राम्रो काम गर्ने वडा अध्यक्षहरु लाई आगामी बर्षहरुमा सम्मान गर्ने र बिकासका कार्यमा जनसहभागिता र त्यसको प्रभावकारिताको पहिचान गरि वडाहरुमा पनि बजेट बिनियोजनमा प्राथमिकता दिने बताएका छन् । उनले पानीको श्रोत बढाउनको लागी डाडाकाडाहरुमा रिचार्ज पोखरी निर्माण गर्नुपर्ने बताए ।

जहाँ बढी भन्दा बढी जनश्रमदान र जनसहभागितामा बृक्षारोपण र रिजार्ज पोखरी निर्माण हुन्छ तेस ठाउँमा बजेट बिनियोजन गर्दा विशेष प्राथमिकता दिईने नगर प्रमुख बुढाथोकीले बताए । उल्लेखनीय रुपमा स्थानीय बासिहरुको सहभागिता रहेको कार्यक्रममा, १० नम्बर वडा अध्यक्ष कृष्ण खड्का, पत्रकार, बिभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रम बाट करिब २ हजार बिरुवा बनमा रोपिएको छ भने श्रावण ८ गते बागचौर नगरपालिकाको आयोजनामा वडान १, २ मा बृक्षारोपण गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्