Logo

बर्दियामा नयाँ प्रहरी प्रमुख, फरार ८ जना अभियुक्त पक्राउ



Spread the love

16 साउन, बर्दिया । बर्दिया जिल्ला प्रहरी प्रमुखको कार्यभार एसपी राजेशनाथ बास्तोलाले सम्हाले लगत्तै फरार रहेका अभियुक्तहरू एकाएक पक्राउ पर्न थालेका छन् । जेठ १ गते बर्दिया जिल्लाको प्रधान कार्यालयबाट जिल्ला प्रमुखको कार्यभार सम्हाले लगत्तै अभियुक्तको फाइल पल्टाएर खोज्न  थाले ।

हालसम्म प्रहरीकै वरिपरि लुकेर बसेका ८ जना अभियुक्तलाई पक्राउ गरेर कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार पठाएका छन् । पछिल्लो चरण २०५८ साल कार्तिक ७ गतेका दिन जिल्लाको साबिक सौरहवा गाविस वडा नम्बर ३ खैरेनीका रतन भन्ने रत्कली बिकेको हत्या अभियोग बढैयाताल गाउँपालिका–४ का ५७ वर्षीय बलिराम खुना थारुलाई प्रहरीले घटनाको झन्डै १८ वर्ष पछि पक्राउ गरी अदालतमा बुझाएको छ ।

थारुले १७ वर्ष ७ महिना १५ दिन कैद सजायको फैसला अदालतले गरेको थियो ।  त्यस्तै जबरजस्ती करणी उद्योगमा २ वर्ष ६ महिना कैद सजायको फैसला भएका बढैयाताल ४ का ३६ख वर्षीय टेकबहादुर विक पनि पक्राउ परेका छन् ।

प्रहरीलाई झुटो जाहेरी दिने मधुवन नगरपालिका ७ का ३९ वर्षीय फगुना थारु, सोही स्थानका क्रमशः २७ वर्षीया लाल रानी  चौधरी, ३८ वर्षीया मिठु सार्की, वर्ष ३८ का सुमन चौधरी र ३१ वर्षीय रामकिसन थारु पनि पक्राउ परेका छन् । त्यस्तै, सरकारी कागज किर्ते गर्ने ठाकुर बाबा नगरपालिका ५५ वर्षीय राजु भन्ने राजन ढुङ्गानासहित ८ जना पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्