Logo

बागचौरमा बृक्षारोपण कार्यक्रम लाई तिब्रत्ता, आज ३ हजार बिरुवा रोपियो



Spread the love

बर्खा सुरु भए संगै बागचौर नगरपालिकामा बृक्षारोपण कार्यक्रम लाई तिब्रत्ता दिइएको छ ।

यसै क्रममा आज बागचौर नगरपालिकाको वडान १ र २ का खाली जग्गाहरुमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ।

“समृद्ध नगर, हरित शहर, घर घरमा सिंहदरबार बागचौर नगर बासिको रहर” भन्ने मुल नारा सहित नगर भित्रका सम्पुर्ण वडाहरुमा नगरपालिकाले बृक्षारोपण गर्ने अभियान अन्तर्गत आज वडा न १ को बयालेमा करिब २ हजार र वडान २ को ठाटिचौर आसपासका भुभागमा करिव एक हजार बिरुवा रोपिएको बागचौर नगरपालिकाले जनाएको छ।

बागचौर नगरपालिकाको आयोजना र जिल्ला बन कार्यालय सल्यानको सहयोगमा
वडान १ को बयालेमा र २ को ठाटिचौरमा भएको बृक्षारोपण कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले यो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

 

बिरुवा रोपेर हरित नगर बनाउनमा नगरबासिको महत्त्वपूर्ण भुमिका रहने भएकाले यो अभियानमा सबैलाई लाग्न नगर प्रमुख बुढाथोकीको अनुरोध छ ।

जस्ले बिरुवा रोप्छ र जोगाउछ उस्ले प्रती बिरुवा ५० रुपैया प्राप्त गर्छ भन्दै नगर प्रमुख बुढाथोकीले बिरुवा रोप्दैमा त आम्दानी पाइन्छ भने बनको संरक्षणमा लागे कति आम्दानी होला यस्को हिसाब गर्न पनि जनतालाई आग्रह गर्नु भएको थियो । आफुले यो बर्खाको समय भरी मुख्य प्राथमिकत्ता बृक्षारोपण र पानीको श्रोत संरक्षणमा दिने बताएका छन् । प्रत्येक वडा अध्यक्ष हरुलाई आकाशे पानी संकलन गर्नको लागि रिचार्ज पोखरी समेत निर्माण गर्न बुढाथोकीले निर्देशन दिए ।

बृक्षारोपण कार्यक्रम नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा संचालन गरिने नगर प्रमुख लोकमान बुढाथोकीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्