Logo

नेपाल–चीन मैत्रिका ६४ वर्ष



Spread the love

१७ साउन, काठमाडाैँ – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको ६४औँ वार्षिकोत्सवका अवसरमा बेइजिङस्थित नेपाली दूतावासमा बिहिबारदेखि सप्ताव्यापी नेपाल तस्बिर तथा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

प्रदर्शनीमा उपस्थित सबैलाई स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले पारस्परिक विश्वास, मैत्री र सहयोगात्मक साझेदारीयुक्त अनुपम नेपाल–चीन सम्बन्धलाई नेपालका राष्ट्रपतिबाट यसैवर्ष भएको राजकीय भ्रमणले अझ प्रगाढ तुल्याएको बताए ।

द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको उक्त अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान प्रतिष्ठानका अध्यक्ष त्वा तोमले चीन–नेपाल सम्बन्ध भावी दिनमा अझ सुमधुर एवं सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदर्शनीमा चिनियाँ र नेपाली सृजनाकर्मीका दर्जनौ तस्बीर र चित्रकला समावेश गरिएकका छन् ।

प्रतिक्रिया दिनुहोस्