Logo

चाया परेर हैरान हुनु हुन्छ ? अपनाउनुहोस् यी विधि



Spread the love

मानिसहरूको कपालमा चाया पर्नु कुनै नौलो समस्या होइन l किनकि यस समस्या बालक देखि बृद सबैमा देखा पर्ने गर्दछन् l उक्त समस्या एक जटिल समस्याकै विषय बन्न पुगिसकेको छ l तर, अब भने यस समस्याबाट पनि छुटकारा पाउन सकिनेछ l त्यही पनि कुनै महँगो औषधी बिना नै !

यस्ता छन् चाया हटाउने घरेलु विधि

बेसार
यदि तपाईँ चाया समस्याबाट छुटकारा पाउन चाहनु हुन्छ भने बेसारमा मह मिसाएर चाया वा चिलाएको भागमा लगाउनुहोस् l जसले गर्दा चिलाउने समस्याबाट राहत मिल्दछ l

दही
हामीलाई थाहा छ, कि दहीको प्रयोगबाट छालाजन्य रोग हटाउन सकिन्छ । उक्त कारण एक चम्चा दहि कपाल चिलाएको ठाउँमा लगाउनुहोस् l

निम
चायालाई निमले पनि हटाउन सकिन्छ l यदि तपाईँले निमको पातबाट बनाएको पेष्टमा कागतीको रस र बेसार मिसाएर कपालमा लगाउँनु हुन्छ भने पनि यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ l

तोरीको तेल
यदि तपाईँमा कपाल चिलाउने वा चाया पर्ने जस्ता समस्या छ भने तोरीको तेल लगाउने बानी बसाल्नुहोस् l जसलाई कपालमा लगाउँदा कपाल झर्ने र चिलाउने जस्ता समस्याबाट छुटकारा पाइन्छ l

एलोबेरा जेल
एलोबेराको प्रयोग गरी चाया हटाउन सकिन्छ। यसले छाला चिलाउने, कपाल झर्ने समस्याबाट दिलाउनका साथै कपाललाई घना बनाउन पनि मदत गर्दछ l

प्रतिक्रिया दिनुहोस्