Logo

एउटा व्यक्ति जसले ४० वर्ष देखि टाउको नुहाएका छैनन्



Spread the love

मानिसहरू आफूलाई सफा राख्नका साथ साथै स्वास्थ्य रहनका लागि नुहाउने गर्दछन् l

कोही मानिस दिनहुँ नुहाउने गर्छन् त कोही भने हप्ताको एक चोटि नुहाउने गर्दछन् l तर, भारतको विहार राज्यमा पर्ने मुंगर जिल्लाका ६३ वर्षीय निवासी साकाल देव टुड्डूले ४० वर्ष देखि आफ्नो टाउको नुहाएका छैनन् l

उनको टाउको विशाल देखिन्छ l जसको जटा छ फिट लामो छ। उनलाई सबैले महात्माजी भनी बोलाउने गर्दछ l

स्वयंलाई ईश्वरले कपाल नकाट्न र रक्सी–चुरोट नखान आदेश दिएको टुड्डूको भनाइ छ l उनी घरेलु उपचारमा व्यस्त हुने गर्छन् l खस गरी सन्तानहीन दम्पतीको उपचार गर्ने गर्दछन् ।

आफ्नो जटा ईश्वरको वरदान भएको उनी बताउँछन् । उनीसँग फोटो खिचाउनका लागि मानिसहरू टाढा–टाढाबाट मुंगर जिल्ला जाने पनि गर्छन् ।

प्रतिक्रिया दिनुहोस्