Logo

शिक्षक सेवा आयोगले छनोट गरेर पठाएका शिक्षकलाई स्थानीय तहले गर्‍यो अस्वीकार



Spread the love

१८ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता दिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो ।

संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर शिक्षक अनुमतिपत्र, भर्ना र बढुवालगायत प्रक्रिया केन्द्र मातहतमा हुन्छ । शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक व्यवस्थापन, एसईई तथा ११ र १२ को परीक्षा सञ्चालन जिम्मेवारी दिइएको छ । एकाइमा सामुदायिक र संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीको अभिलेख राखिएको छ ।

एकाइले शिक्षक व्यवस्थापनअन्तर्गत शिक्षक सेवा आयोगले लिने परीक्षा सञ्चालन, अन्तर्वार्ता, नियुक्ति उपादान, राजीनामा, पेन्सनपट्टा, सरुवा र बढुवाका प्रक्रिया पूरा गर्दै आएको छ ।

‘शिक्षक भर्ना प्रक्रियाप्रति स्थानीयतहका जनप्रतिनिधिहरूको असन्तुष्टि छ’, एकाइका एक प्रमुखले भने,‘ कानुनी आधार स्पष्ट हुन नसक्दा स्थानीय तहहरूले एकाइको अस्तित्व स्वीकारेका छैनन् ।’ यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्