Logo

प्रेम भनेको के हो ? कसरी पाउने छुटकारा ?



Spread the love

प्रेम शब्द आफैमा नै अर्थपूर्ण छ l जहाँ मायाको साथ साथै भरोसा पनि हुने गर्छ l प्रेम भनेको एउटा यस्तो चिज हो जसलाई हामी न त छुनु सक्छौँ न त देख्न नै तर महसुस भने चाही पक्कै पनि गर्ने गर्दछौँ l माया भन्नु सिक्काको दुई पाटा जस्तै हो, जहाँ स्वार्थ र नि:स्वार्थ दुवै समावेश हुने गर्छ l भनिन्छ, प्रेम जाने अमृत हो र नजाने विष हो l कसैलाई प्रेमले जिउन सिकाउँदछ त कसैलाई त्यही मायाले मर्न पनि सिकाउने गर्छ l

प्रेमको सङ्केत

  • यदि तपाईँको सम्बन्ध कसैसँग नजिक बढ्दैछ भने बुझ्नुहोस् तपाईँ प्रेममा फस्दै हुनुहुन्छ l
  • बारम्बारता एउटा मात्रै व्यक्तिको याद आइरहनु पनि प्रेमको सङ्केत हो l
  • के तपाईँलाई राम्रो लाग्ने व्यक्ति अरू सँग बोल्दा रिस उठ्छ ? यदि उठ्छ भने बुझ्नुहोस् यो मायाको सङ्केत हो l

प्रेम गर्नुको फाइदा

  • संसारलाई जितेको अनुभव
  • हाँसी खुसी बोल्नु
  • तनावबाट मुक्ति पाउनु
  • मिठो निन्द्रा पर्ने गर्छ
  • प्रेम गर्नाले विश्वास गर्ने बानी बसाल्दछ l
  • यदि तपाईँ कसैसँग प्रेम गर्नु हुन्छ भने काममा तपाइको लगनशीलता पनि बढेर जान्छ l

प्रेम गर्नुको बेफाइदा

  • मनमा अनाश्यक कुरा खेलाउनु l
  • अनाश्यक कुरामा झगडा गर्नु वा रिसाउनु l
  • मनमा ईर्ष्या उत्पादन गर्नु l
  • बढी प्रेसरमा हुनु l
  • स्वतन्त्रताबाट वञ्चित रहनु l

प्रेमबाट कसरी पाउने छुटकारा ?

  • आफ्नो परिवारसँग समय बिताउने बानी बसाल्नुहोस् l
  • कुनै पनि काममा स्वयंलाई व्यस्त राख्नुहोस् l
  • पुस्तक पढ्नुका साथै केही लेख्ने बानी पनि बसाल्नुहोस् l
  • साथीहरूसँग सङ्गत बढाउनका साथ साथै नयाँ साथीहरू पनि बनाउनुहोस् l
  • प्रेम सम्बन्धी कसैसँग चर्चा पनि नगर्नुहोस् l

प्रतिक्रिया दिनुहोस्