Logo

शक्तिशाली भूकम्पले क्षति पुर्‍याएको कटुञ्जे आधारभूत विद्यालय भवन निर्माण गरेर हस्तान्तरण



Spread the love

१८ साउन, काठमाडौँ l शुक्रवार सूर्यविनायक नगरपालिका–५ मा अवस्थित कटुञ्जे आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

२०७२ सालको शक्तिशाली भूकम्पले क्षति भएको उक्त विद्यालय भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण सम्पन्न गरेपश्चात् शुक्रवार विद्यालयलाई भवन हस्तान्तरण गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नयाँ भवनको उद्घाटन गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)को रु ८७ लाख ७ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।

सोही कार्यक्रममा सांसद बस्नेतले प्राधिकरणकै रु ६९ लाखको लागतमा विद्यालयमा निर्माण हुन लागेको अर्को नयाँ भवनको समेत जिकिर गरे ।

उनले भक्तपुरमा ५५ वटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको र सूर्यविनायक नगरपालिका क्षेत्रमा मात्रै २१ वटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको बताएका छन् l

कटुञ्जेको सुशीला भैरवबाट ललितपुरको लुभू जाने, कटुञ्जेबाट बलचौर सडक, वडा कार्यालयबाट कोटडाँडा गुण्डु जाने सडक, चुनदेवी तीनधारा सडक, प्रधानमन्त्री स्वरोजगार कोषबाट कटुञ्जे तीनधारा सडक निर्माण आरम्भ भई यसै वर्ष कालोपत्र हुने जानकारी सांसद बस्नेतले दिए l

उनले कटुञ्जेको बनाचौरमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १०० श्ययाको अस्पताल निर्माण गर्ने तयारी गरेकाले त्यस्ता विकासका काममा राजनीतिक आग्रहभन्दा माथि उठेर जानुपर्ने बताएका छन् l

उक्त कार्यक्रममा उपस्थित जनाउँदै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्न नगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए l

प्रतिक्रिया दिनुहोस्