Logo

पीएसजीलाई ट्रफि डेस च्याम्पियन्सको उपाधि



Spread the love

१८ साउन, काठमाडाैँ – फ्रेन्च क्लब पेरीस सेन्ट जर्मनले संघर्षपूर्ण जित निकाल्दै ट्रफि डेस च्याम्पियन्सको उपाधि जितेको छ । आज भएको खेलमा पीएसजीले रेनेस विरूद्ध २–१ गोल अन्तरको संघर्षपूर्ण जित निकाल्दै उपाधि चुमेको हो ।

खेलमा सुरूवाति अग्रता रेनेसले लिए पनि दोश्रो हाफमा कमब्याक गर्दै पीएसजीले ट्रफि उचाल्यो । खेलको १३ औँ मिनेटमा नै १ गोलले पछि परेको पीएसजी दोश्रो हाफमा भने २ गोल गर्न सफल भयो ।

पीएसजीको जितमा युवा स्टार केलियन एमबाप्पे र डि मारियाको नाममा १र१ गोल रह्यो । खेलको ५७ औँ मिनेटमा एमवाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउँदा ७३ औँ मिनेटमा अर्जेन्टाइन डि मारियाले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

उता रेनेसका लागि भने १३ औँ मिनेटमा एड्रियन होनोउले १ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्