Logo

गर्भवतीको हेलिकप्टरमा उद्धार



Spread the love

१९ साउन, हुम्ला – नाम्खा गाउँपालिकाकी एक गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको छ । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका–६ की ३५ वर्षीया सोनाम टेन्डी लामाको हेलिकप्टरमा उद्धार गरिएको हो ।

सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा जन्माउन नसकेपछि उनलाई लिमीबाट हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइएको छेपाल दोर्जे लामाले जानकारी दिए । शल्यक्रिया गरी जन्मे पनि बच्चाको मृत्यु भएको अस्पतालका डा सिद्धार्थ खातीले बताए । आमाको स्वास्थ्य सामान्य रहेको छ ।

लिमी स्वास्थ्यकर्मीबिहीन

जिल्लाको उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मीबिहीन छ । लिमी स्वास्थ्यचौकीमा अहिले कर्मचारी कोही पनि नभएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

दुई अनमी, दुई अहेब र एक सिनियर अहेवको दरबन्दी रहे पनि अहिले स्वास्थ्यचौकीमा कोही नभएको जिल्ला अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यकर्मी नहुँदा सुत्केरी व्यथा लागेकी लामालाई लिमीदेखि सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा पुर्याउन हेलिकप्टरको भाडा रु एक लाख ५० हजार तिर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्