Logo

बेलायत सरकारले सुनायो ‘एउटा मौरी’ माथि मृत्युको सजाय



Spread the love

एजेन्सी । मधुकर जीव मानिने मौरीलाई मार्न सरकारले आदेश दियो । उक्त जीवलाई कैद गरि नष्ट गर्न सरकारले निर्णय नै बनायो । सफल हुन् भने सकिरहेको छैन । यद्दपी  प्रयास अझै  जारि छ । कहिल्यै यस्तो घटना सुन्नु भएको छ ? तर पछिल्लो दिनहरुमा यस्तो भएको छ ।

टर्कीमा पाइने‘ओस्मिया एभोसेट्टा’ प्रजातिको मौरी बेलायतका मौरीहरुका लागि खतरनाक साबित हुने आशंका गर्दै बेलायती सरकारी वैज्ञानिकहरुले त्यसलाई कैद गरि नष्ट गर्ने निर्णय गरेका छन् । यस घटनासँगै बेलायत र टर्की बीच थप विवाद मच्चिएको छ । एउटा चर्चित दैनिकमै ‘टर्कीको मोरीलाई नमार’ भन्ने शिर्षक सहित पहिलो पानामा ठूलो लेख प्रकाशन गरिएको छ जसले यो घटनालाई थप चर्चामा ल्याएको हो ।

टर्कीमा छुट्टी मनाएर फर्किएको एक परिवारको साथमा टर्कीको मौरी तीन हजार किलोमिटरको यात्रा पार गर्दै बेलायत आइपुगेको थियो । छुट्टी मनाउन गएका परिवारको लगेजमा बसेर आएको ‘ओस्मिया एभोसेट्टा’ प्रजातिको मौरीले  स्थानीय मौरीहरुलाई ठूलो नोक्सान पुर्याउन सक्ने आशंका गरिएको थियो ।

मौरीको आधिकारिक पहिचान गरि बेलायतले मार्ने योजना बनाइरहेकै बखत मौरी भागेको खबर पनि सामुन्ने आएको छ ।

‘एनिमल एण्ड प्लान्ट हेल्थ एजेन्सी’ , एपीएचएका वैज्ञानिकहरुले मान्छेलाई हानि पुर्याउने कुनै भाइरस नबोकेको  उक्त मौरीलाई  पक्रिएर अध्ययन गर्न नपाउँदै मौरी हराएपछि यसबारे चिन्ता व्यक्त गरिएको हो ।

यस्तोमा एपीएचएका प्रवक्ताले अहिले जहाँकहीँबाट पनि बेलायत फर्किरहँदा देशमा पाइने भन्दा भिन्दै प्रजातिका किरालाई भित्रिनबाट रोक्न विशेष सावधानी अपनाउन निर्देशन दिँदै आफ्ना लगेजमा किरा भेटिए तुरुन्तै त्यसको तस्बिर खिच्न र आफू घुमेर आएको ठाउँका बारेमा पनि विस्तृत जानकारी दिन आग्रह गरेका हुन् ।

 यता उक्त मौरीलाई सरकारले मार्ने आदेश दिएकाप्रति टर्कीले भने असन्तुष्टि जनाएको छ र सो जीवलाई बाँच्न दिइनुपर्ने माग गरेको छ ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्