Logo

अमेरिकामा भयानक गोलीबारी: २० जनाको मृत्यु, २२ सख्त घाइते



Spread the love

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य-दक्षिणमा अवस्थित  टेक्सस राज्यमा रहेको एक शपिङ मलमा गोलिबारी हुँदा  २० मानिसको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार गोलीबारीका कारण कम्तीमा पनि २२ जना सख्त घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ति गरिएको छ ।

Texas Walmart shooting: 'At least 19 killed' in gun attack -को लागि तस्बिर परिणाम

स्थानीय अधिकारीका अनुसार टेक्ससको एल पासो क्षत्रस्थित सीएलो विस्ता मलमा गोलीबारी भएको हो । यो स्थान अमेरिका–मेक्सिको सिमानाको केही माइल मात्रै टाढा छ ।

गोलीबारीको संलग्नताको आशंकामा प्रहरीले एक जना श्वेत युवकलाई हिरासतमा लिएको छ । प्रहरीले यो गोलीवारी एउटै व्यक्तिले गरेको जस्तो देखिएको बताएको छ । गोलीवारी भएको मलका सिसिटिभीमा देखिएका तस्विरका आधारमा उक्त युवकलाई पक्राउ गरिएको हो ।

अमेरिकी मिडियाले पक्राउ पर्ने व्यक्तिको नाम २१ वर्षिया प्याट्रिक क्रुसियस बताएको छ । उनी डालास क्षेत्रको बासिन्दा भएको विश्वास गरिएको छ ।

प्रहरी प्रवक्ताका अनुसार, प्रारम्भिक रिपोर्टमा गोलीबारीको लागि एउटा राइफल प्रयोग गरिएको देखिएको छ ।

घटनाप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् ।

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्