Logo

ट्रफि जित्दै सुरू भयो सिटीको सिजन सुरूवात



Spread the love

२० साउन, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर सिटीले कम्युनिटि शिल्डको उपाधि  जितेको छ । हिजो भएको खेलमा इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

निर्धा्रित समयको खेल १र१ गोलको बराबरीमा सकिँदा उपाधिको छिनोफानो पेनाल्टिमार्फत गरिएको थियो । जसमा सिटी भाग्यमानि साबित भयो ।

खेलको सुरूवाति १७ मिनेटमा नै सिटिका स्टर्लिङले गोल गर्दै खेलमा सुरूवाति अग्रता दिलाएका थिए । तर, लिभरपुलका माटिपले ७७ मिनेटमा गोल गर्दा खेल बराबरीमा आएको थियो । बाँकी रहेको निर्धा्रित समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल पेनाल्टीमा गएको थियो ।

 लिभरपुलका खेलाडी विनाल्डम पेनाल्टिमा चुक्दा सिटीले सिजनको सुरूवात ट्रफिबाट गर्यो ।

प्रतिक्रिया दिनुहोस्