Logo

बार्सिलोनालाई ग्याम्पर कप



Spread the love

२० साउन, काठमाडाैँ – सिजनको तयारी स्वरूप खेलिने ग्याम्पर कपको उपाधि बार्सिलोनाले जितेको छ । आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा भएको खेलका इंग्लिस क्लब आर्सनललाई पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाले पछि परेको अवस्थालाई उल्ट्याउँदै उपाधि जित्दा सुरूवाति अग्रता जोगाउन नसकेको आर्सनल निराश बन्यो ।

बार्सिलोनाले १ गोल उपहार स्वरूप पाएको हो । आर्सनलका नाइल्सले किपरलाई बल पास दिने क्रममा गल्ती हुँदा बल आफ्नै पोस्टमा प्रवेश गर्यो । त्यसै गरी खेलको ९० मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

उता आर्सनलका लागि भने अबामियाङले उत्कृष्ट गोल गरेका थिए । तर, त्यो सान्त्वनामा मात्र सिमित भयो ।

प्रतिक्रिया दिनुहोस्