Logo

गेल भन्दा अगाडी रोहित



Spread the love

२० साउन, काठमाडाैँ – अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहार गर्ने किर्तिमान अब भारतीय खेलाडीको नाममा रहेको छ । हिजो भएको खेलमा भारतका रोहित शर्माले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

हिजो भएको भारत विरूद्ध वेस्ट इण्डिजको खेलमा २ छक्का प्रहार गर्दै रोहितले यो किर्तिमान आँफुतिर बसाई सारेका हुन् ।

अन्तराष्ट्रिय टी–२० क्रिकेटमा क्रिस गेलको नाममा १ सय ५ छक्का रहँदा रोहितको नाममा भने १ सय  ६ छक्का रहेको छ । भारतका लागि ९६ औ खेल खेलेका रोहितले अन्ततः किर्तिमान समेत बनाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्