Logo

जित्ने चाहना नवीकरण गर्दै हामी पुनः आएका छौँ : मेसी



Spread the love

२० साउन, काठमाडाैँ – बार्सिलोना स्टार लियोनल मेसीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा वक्तव्य दिएका छन् । हिजो ग्याम्पर कप अन्तर्गत आर्सनलसँगको खेल अगाडी मेसीले कप्तानका रूपमा भनाई राखेका हुन् ।

मेसीले भनाई राख्ने क्रममा गत सालको प्रदर्शन र अबको लक्ष्यको बारेमा समेत बताए । मेसीले गत सिजनको प्रदर्शनबारे भने, “गत सिजनको बारेमा बताउन साह्रै कठीन छ  । तर मलाई केही पश्चाताप छैन । हामी अहिले कोचिङ स्टाफ र खेलाडीहरूका साथमा फर्किएका छौँ । अब हामी सबै जना सब थोक जित्नका लागि सँगसँगै लडाई गर्नेछौँ । “

यति भन्दै मेसीले भपे, “गत सिजन हामीले तितो स्वादका साथ समाप्त गर्याैँ । तर हामीले ११ वर्षमा जितेका ८ ला लिगालाई महत्व दिनुपर्दछ । यो महत्वपूर्ण छ । तर, हामीले गत साल जति गर्याैँ त्यसलाई धेरै महव्त भने दिने छैनौँ । ११ वर्षमा ८ पटक ला लिगा जित्न कठीन थियो । त्यसकारण महत्व भए पनि हामी धेरै भने दिँदैनौँ । हामी हाम्रो जित्ने चाहना नवीकरण गर्दै पुनः आएका छौँ ।“

प्रतिक्रिया दिनुहोस्