Logo

शान्तिपूर्ण अवतरण गर्ने वातावरण नेकपाले बनाउने छ : मुख्यमन्त्री राई



Spread the love

२० साउन, विराटनगर l प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह गोरेटो र गल्लीमै अलमलिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

अहिले नेपाली राजनीतिमा अलमलको अवस्था नरहेको बताउँदै मन्त्री राईले विप्लव समूहलाई तत्काल वार्तामा आउन आग्रह पनि गरे ।

मुख्यमन्त्री राईले भने, ‘नेपाली राजनीतिको विशाल राजमार्गमा हिँड्ने बेलामा गल्ली र गोरेटोमा विप्लव समूह अल्झिएको देखियो l यसरी अल्झिनु हुँदैन ।’

विप्लव समूह परित्याग गरी सत्तारुढ नेकपामा भित्रिएका एक नेताको स्वागतमा आइतबार विराटनगरमा आयोजित कार्यक्रम सहभागिता जनाउँदै मुख्यमन्त्री राईले नेपाली राजनीति स्पष्ट मार्गचित्रसहित अघि बढिरहेको बताए ।

मन्त्री राईले विप्लव समूह हत्या, हिंसा, गोला बारुद त्यागेर शान्तिपूर्ण अवतरण गर्न बाध्य हुने दाबी गर्दै मुलुकको समृद्धिको लक्ष्य तय भइसकेकाले त्यसमा सहयोग गर्न सो समूहलाई पनि आग्रह गरे l

उनले भने, ‘वार्तामा आउने र शान्तिपूर्ण अवतरण गर्ने वातावरण बनेको छैन भने हामी बनाउने छौँ । नेकपाले बनाउने छ, तर अलमल नगरी नेपाली राजनीतिको विशाल गोरेटोमा हिँड्दै शान्ति र समृद्धिमा साथ दिन तयार हुनुपर्छ । सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्