Logo

आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ



Spread the love

पत्रपत्रिकाबाट

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करिब २५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ । ‘मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन हो,’ मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो । यसलाई निर्मूल पार्न सबैको प्रयास हुन पर्छ ।’

प्रतिवेदन अनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन् । जसमा महिला १५ हजार र ५ हजार बालबालिका छन् । नेपालमा १५ लाख व्यक्ति बेचबिखनको जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।
यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्