Logo

सरकारका ३ सचिव अवकास, अन्य दुइ सचिवले पनि अवकास पाउने



Spread the love

२१ साउन, काठमाडौँ । विशिष्ट श्रेणीमा पदोन्नति भएको ५ वर्ष पूरा गरेपछि सेवाबाट अनिवार्य अवकास हुने कानुनी व्यवस्था अनुसार सरकारका ३ सचिवले आजबाट अवकास पाउने भएका छन् । निजामती सेवाबाट बिदा हुन लागेका सचिवहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अर्जुनकुमार कार्की, खाने पानी मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र वरिष्ठ सचिव विष्णु लम्साल छन् ।

आज अवकास हुन लागेका तीन जना नै ०७१ साउनमा सचिवमा पदोन्नति भएका थिए । तीनै जनाले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका हुन् ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले सचिव विष्णु लम्साललाई भने अवकासको मुखैमा अर्को जिम्मेवारी दिएको छ । उनलाई मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति गरेको हो ।

यद्यपि, वरिष्ठ सचिव विष्णु लम्साल सचिवबाट बिदा भने हुनेछन् ।

त्यसै गरी अन्य २ सचिव पनि बिदा हुँदैछन । आर्थिक वर्ष २०७६ ७७ को पहिलो महिनामै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसीले ५८ वर्षे उमेर हदका कारण अवकास पाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्