Logo

देशको राजनीतिक प्रणालीमा त्रुटि रहेको अरुणकुमार सुवेदीको दाबी



Spread the love

२१ साउन, काठमाडौँ l नेपालमा फेरि पनि ज्ञानेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा राजनीतिक विश्लेषक डा. अरुणकुमार सुवेदीले गरेका छन् ।

सोमबार राति प्राईम्स टेलिभिजनबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. सुवेदीले यस्तो बताएका हुन् ।

सुबेदीले नेपालमा हिन्दूराष्टपनि पूर्नस्थापना हुने दाबी गर्दै देशको पछिल्लो अवस्था शिथिल रहेको बताए । देशको राजनीतिक प्रणालीमा नै त्रुटि रहेको उनको दाबी छ ।

नेपालको नयाँ संविधान नेपाली जनता र देशको लागि अभिशाप साबित हुनेछन् भनेर आफूहरूले संविधानको मस्यौदा गर्दा खेरि नै बोलेको पनि सुबेदीले सम्झाए ।

प्रतिक्रिया दिनुहोस्