Logo

मोरङको लेटाङमा आगलागी हुँदा तिन घर जलेर नष्ट



Spread the love

२१ साउन, काठमाडौँ l आज बिहान मोरङको लेटाङ नगरपालिका –३ मा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन् ।

बिहान ५ बजेबाट सुरु भएको आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए ।

उक्त स्थानमा बिजुली सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट सबै अन्नपात, लत्ताकपडा र नगद गरी ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले १ घण्टापछि आगलागी नियन्त्रणमा लिएको प्रहरी खिउजुले जानकारी दिएका छन् l

प्रतिक्रिया दिनुहोस्