Logo

लिभरपुलका विल्सन बर्नमाउथमा अनुबन्धित



Spread the love

२२ साउन, काठमाडाैँ – लिभरपुलका खेलाडी ह्यारी विल्सन इंग्लिस क्लब बर्नमाउथसँग अनुबन्धित भएका छन् । उनी एक सिजनका लागि लोनमा बर्नमाथउसँग अनुबन्धित भएका हुन् ।

इंग्लिस क्लब लिभरपुलले अाफ्ना खेलाडी विल्सन १ सिजन लोनमा बिताउन बर्नमाउथ गएको बताएको छ । वेल्सका अन्तर्राष्ट्रिय खेलाडी विल्सनले २०१९/२० को सिजन बर्नमाउथबाट खेल्नेछन् ।

लिभरपुलका एकेडेमि खेलाडी विल्सनले लिभरपुलसँग २०१८ मा लामो सम्झाैता गरेका थिए । उनले प्रि–सिजनका खेलमा पनि डर्टमण्ड र लियोनविरूद्ध गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्