Logo

टुरिन पुगे ड्यानिलो, पुनः रोनाल्डोसँग खेल्ने अवसर



Spread the love

२२ साउन, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर सिटिका फुलब्याक ड्मानिलो टुरिन पुगेका छन् । उनी जुभेन्टस्सँग अनुबन्धित हुन् टुरिन पुगेका हुन् ।

हिजै टुरिन पुगेका भए पनि उनको भोली मात्र मेडिकल हुने बताइएको छ । म्यानचेस्टर सिटी र जुभेन्टसको खेलाडी साटासाट गर्ने निर्णय अनुसार उनी जुभेन्टस पुगेका हुन् । ड्यानिलो र जोवा कन्सेलो साटासाट हुने भएका छन् ।

ड्यानिलो निजी जेटमा क्यासेल्ला एयरपोर्टमा ल्याण्ड भएका हुन् । ड्यानिलो टुरिन पुगेको भन्ने पुष्टि जुभेन्टसको ट्वीटरबाट जुभृन्टसले गरेको छ ।

ड्यानिलो २०१७ मा रियल मड्रिडबाट सिटीमा स्थानान्तरण भएका थिए । ड्यानिलोले पुनः रोनाल्डोसँग समय बिताउन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्