Logo

नेयमार बार्सिलोना आए म खुसी हुनेछु : पिके



Spread the love

२२ साउन, काठमाडाैँ – बार्सिलोनाका रक्षक जेरार्ड पिकेले नेयमारको बार्सिलोना पुनरागमनका बारेका बोलेका छन् । उनले भोली हुने नेपोली विरूद्धको खेल अगाडीको सम्मेलनमा नेयमारको बारेका बताएका हुन् ।

नेयमारको बारेका बोल्दै पिकेले भने, “उनी ठूला खेलाडी हुन् । उनलाई ड्रेसिङ रूम, सहर र क्लबको बारेमा धेरै थाहा छ। मलाई थाहा छ, बार्सिलोनामा धेरै  मानिसहरू नेयमार आउने भन्ने कुराले खुसी छन् । “

पिकेले नेयमारसँगको सम्बन्धको बारेमा बोल्दै भने, “तपाईहरूलाई नेयमारसँगको मेरो सम्बन्धबारे थाहा छँदैछ । यदि नेयमार बार्सिलोना आए म खुसी हुने थिए । तर, मेरो विचारले कसैको तर्क परिवर्तन हुँदैन“

बार्सिलोनाका डिफेन्डर पिकेले अझै  आँफु नेयमारसँग बोल्ने गरेको बताएका छन् । पिके नेयमार ट्रान्सफर विन्डोमा बार्सा आउनेमा पनि केही मात्रामा विश्वस्त रहेका छन् ।

नेयमार बार्सा आउने कुरामा पिकेले भने, “नेयमार मैदान भित्र र बाहिरका पनि स्टार हुन् । केही हुने हामीले आशा गरेका छौँ।“

प्रतिक्रिया दिनुहोस्