Logo

साउदीमा ३५ नेपाली अलपत्र



Spread the love

२२ साउन, काठमाडाैँ – तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन् ।

उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो । कम से कम सुरक्षित त छौं । बिहान बेलुका खान पाएका छौं,’ पीडित टेकबहादुर ओलीले भने, ‘यहाँ घा छेकने छत छ ।’

दूतावासका गाडी पार्किङ गर्ने ठाउँमा उनीहरुलाई राखिएको छ । सुत्न मिल्ने ओछ्यान छैन । खाना बाहिरबाट ल्याएर दूतावासले खुवाईरहेको छ । उनीहरुलाई कामाडौँस्थित जेबीआर म्यानपावर कम्पनीले फर्निचरको कामका लागि पठाएको थियो ।

यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्