Logo

कसरी राख्ने दिमागलाई स्वस्थ ? अपनाउनुहोस् यी उपाय



Spread the love

हरेक व्यक्तिमा तनाव हुन्छ जसले मानिसलाई अस्थिर बनाउनका साथ साथै स्वयंलाई सन्तुलन पनि राख्न सक्दैनन् l मस्तिष्कको शक्ति र स्मृतिले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उक्त कारण दिमागलाई स्वस्थ राख्न आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ । त्यस्तो गर्नाले मानिसले आफ्नो जीवनमा सफलता प्राप्त गर्दै जानेछ l

दिमाग अस्वस्थ रहनुका कारण

  • नशालु पदार्थ सेवन ।
  • पौष्टिक खानाको कमी
  • लामो समयसम्म चिन्तित हुनु
  • काममा असन्तुष्टि
  • अनिद्रा, शारीरिक तथा मानसिक थकान

दिमाग अस्वस्थ रहनुका लक्षणहरू

  • निराश
  • कमजोरी
  • अल्छीपन
  • अरुचि
  • मानसिक थकान
  • सम्झिने शक्ति घट्दै जानु l

दिमाग स्वस्थ राख्न अपनाउनुहोस् यी उपायहरू :

विगतका कुरामा चिन्ता नगने
कहिले पनि आफ्नो विगतलाई सम्झेर चिन्ता लिने कार्य नगर्नुहोस् l किनकि विगतका कुराले मात्र तनाव दिने र सम्झने शक्ति हराउँदै जाने गर्छ l त्यसैले भविष्यलाई सम्झिनुहोस् र अगाडी बढ्नुहोस् l

अप्रिय कुरामा नअल्झिने :
कुनै एक विषयलाई लिएर बढी सोचमा नपर्नुहोस् l तपाइको एक गल्तीले नै जीवनको पुरै प्रतिष्ठा सकिँदैन । त्यसैले तपाईँ अगाडी बढ्दै जान्नुहोस् र एउटा कुरामा नै अल्झिएर नबस्नुहोस् ।

गल्तीबाट पश्चात्ताप नगनै :
प्रत्येक व्यक्तिबाट जानेर होस् वा नजानेर होस् गल्ती हुने गर्छ l यदि तपाईँले अन्जानमा गल्ती गर्नु भएको छ भने त्यस गल्तीलाई सम्झेर पश्चात्ताप नगर्नुहोस् l किनकि धरै समय पश्चात्ताप गर्नाले पनि दिमागको क्षय हुन्छ ।

परिवर्तनसँग नडराउने :
सफता हासिल गर्नका लागि परिवर्तन हुन आवश्यक हुन्छ । मानिसको दिमाग परिवर्तनशील हुन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पुर्याउँछ । परिवर्तनसँग डराउने होइन, खुलेर सामना गर्ने विचारले दिमाग बढाँउछ ।

प्रतिक्रिया दिनुहोस्