Logo

किन पड्किन्छन सिलिण्डर ग्यास ? जानी राखौ, यस्ता छन कारण



Spread the love

२३ साउन, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट रआगलागीका घटना जनचेतनाको परिणाम हो । विद्युत्को तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् ।

उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’

ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो । गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरूले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने ।

उद्योगी र व्यावसायीलाई कानुनी दायरामा ल्याउन र उपभोक्तालाई सचेत बनाउन नसक्दा दुर्घटना बढ्दै गएको छ । गुणस्तर विभागका अनुसार सिलिन्डरको आयु करिब ४० वर्ष हुन्छ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५५ वर्षमा यस्तो परीक्षण गराइराख्नुपर्छ । तर बजारमा पुगेको सिलिन्डरहरूको त्यस्तो परीक्षण पास गरेको सुनिश्चितता न सरकार निकायले गरेको छन् न अन्य कसैलै । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटा र राजु चौधरीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्